अनलाइन ठगीका नयाँ नयाँ स्वरूप : अनुसन्धान भन्छ - प्रयोगकर्ता ठगिनुमा लोभ नै प्रमुख कारण

यसोदा चौलागाईं

यसोदा चौलागाईं

Feb 04, 2025 | 08:32:15 AM मा प्रकाशित

laxmi sunrise bank

सूचना प्रविधिको तीव्र विकाससँगै अनलाइन ठगीका स्वरूपहरू परिवर्तन भई थप जटिल बन्दै गएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार, डिजिटल बैंकिङ प्रणालीको विस्तारसँगै प्रविधिको दुरुपयोग गरी हुने ठगीका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्।

बैंकिङ कारोबार र गोपनीयतासम्बन्धी पर्याप्त जानकारी नहुँदा आम नागरिक अनलाइन ठगीको सिकार बन्ने गरेका छन्। सामाजिक सञ्जालजस्तै फेसबुक, वाट्सएप, इमो, भाइबरको प्रयोग गरी चिठ्ठा परेको भन्दै लोभ देखाइ ठगी गर्ने प्रवृत्ति बढ्दो छ।

कुनै बेला मानिसहरुलाई आफ्नो पाँसोमा फसाएर उनीहरुबाटै पैसा भुक्तानी गराएर हुने ठगिको स्वरुप अहिले बदलिएको छ। अहिले, मानिसहरुलाई बिभिन्न तरिकाले आफ्नो पाँसोमा फसाएर उनीहरुको बैंक खातामा प्रवेश लिएर उनीहरुको खातामा रहेको पैसा रित्त्याउने गरी ठगि हुने गरेको पाइएको छ। यसरी ठगिको पाँसोमा पर्नेमा बढीजसो छिट्टै र सहजै धेरै पैसा कमाउने लोभ भएका मानिसहरु रहेको अनुसन्धानले देखाएको छ। 

सजिलै पैसा कमाउने लोभले नागरिकहरू ठगीको सिकार : सिआइबी

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार, सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका विज्ञापन देखाइ पिडितबाट पासपोर्ट, फोटो तथा अन्य कागजात संकलन गर्ने र बैंक खातामा रकम जम्मा गर्न लगाई त्यसलाई दुरुपयोग गर्ने गिरोह सक्रिय छ।

सिआइबी प्रवक्ता सुधिर राज शाहीका अनुसार, "कोभिड महामारीपछि ठगीका घटनाहरू झनै बढेका छन्। धेरै पैसा कमाउने लोभकै कारण नागरिकहरू आफैं ठगीको सिकार भइरहेका छन्, जसका लागि सचेतना अत्यावश्यक छ।"

प्रयोगकर्ता नै चनाखो हुन आवश्यक : साइबर ब्यूरो

साइबर ब्यूरोमा पछिल्लो ९ महिनामा ४,३४७ वटा उजुरी परेका छन्, जसमध्ये २३४ उजुरी डिजिटल ठगीसँग सम्बन्धित छन्। साइबर ब्यूरो प्रवक्ता दीपक राज अवस्थी भन्छन्, "प्रयोगकर्ता स्वयं सतर्क नभएसम्म यस्ता घटनाहरू घटिरहन्छन्। चिनजान नभएका व्यक्तिलाई आफ्ना व्यक्तिगत सूचना दिने बानीले ठगीका घटना बढिरहेका छन्।"

तीन वर्षमा ठगीसम्बन्धी उजुरीको अवस्था (साइबर ब्यूरो)

s];sf] jlu{s/0f

cfly{s jif{ @)&(÷*)

cfly{s jif{ @)*)÷*!

cfly{s jif{ @)*! ÷*@ k'; ;Dd

a}+lsª / ljQLo vftf

(^

!)*

%#

sg]S6 cfOkLP;

(

 

 

Od]n

!)

@$

@)

O ;]jf

^)

@#$

!^!

vNtL

!@

&!

!*

efOa/

$

^

^

6]lnu|fd

 

*!

!!!#

Jff6\Pk-AofNsd]n, nf]6\/L_

@@)

&!&

!)$&

(श्रोत: साइबर ब्यूरो)

ठगीका घटना बढ्दै : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दैनिक १०–१५ वटा ठगीसम्बन्धी उजुरी पर्ने गरेको छ। चालु आर्थिक वर्षको पुस महिनासम्म १,०५४ ठगी उजुरी दर्ता भएका छन्, जसमा अनलाइन जब स्क्याम मार्फत ठगिनेको संख्या उच्च छ।

कार्यालय प्रवक्ता काजी कुमार आचार्यका अनुसार, "घरमै बसेर लाखौं कमाउन सकिन्छ भन्ने विज्ञापनमा विश्वास गर्ने मानिसहरू नै ठगीका सिकार हुन्छन्। नागरिकहरूले आफ्नो सचेतना बढाउन जरुरी छ।"

तीन वर्षमा ठगीसम्बन्धी उजुरीको अवस्था (अपराध अनुसन्धान कार्यालय)

ck/fwsf] 36gf

cfly{s jif{@)&(÷*)

cfly{s jif{ )*)÷*!

cfly{s jif{@)*!÷*@ k'; dlxgf ;Dd 

lr7\7f k/]sf] 7uL

&*

%&

#@

;fdfg kf;{n

#$)

$!$

!!$

lj1fkg /flv 7uL

##(

$(@

@^$

cf]l6kL sf]8 k|of]u  ul/ 7uL

!@)

!%(

((

cgnfOgha :Sof\d

 

^)

#^(

nufgL 7uL

!#$

!#(

@(

gSsnL l;d k|of]u ul/ 7uL

(

*

!

(श्रोत: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)

सजगता नै प्रमुख उपाय

ठगीका घटनाहरू निरन्तर बदलिँदै गइरहेका छन्, जसले गर्दा जो कोही पनि यसको सिकार बन्न सक्छ। सामाजिक सञ्जाल तथा डिजिटल कारोबार गर्दा विशेष सतर्कता अपनाउनु जरुरी छ। अनलाइन ठगीबाट जोगिन व्यक्तिगत सूचना गोप्य राख्ने, अपरिचित व्यक्तिहरूसँग वित्तीय कारोबार नगर्ने र सत्यतथ्य बुझेर मात्र कुनै आर्थिक लेनदेन गर्ने बानी विकास गर्नुपर्ने विज्ञहरूको सुझाव छ।




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved