युएईबाट बोटिममार्फत् पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा बोनसको व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2025 | 05:29:27 PM मा प्रकाशित

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले  युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु. ५०० सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ ।

“बोटिम” एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा  दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनीले राखेको छ । 

यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने  अफर अन्तर्गत  नेपाली रु. १०,००० वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् । 

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved