फोनपेले ल्यायो डिजी स्मार्ट नेपाल अभियान, उपभोक्तालाई ५० हजार जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2025 | 12:46:40 PM मा प्रकाशित

फोनपेले ग्लोबल मनी विक २०२५ को अवसरमा फोनपे डिजी स्मार्ट नेपाल अभियान सञ्चालन गरिरहेको छ। अभियानको उद्देश्य नेपालभर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नुका साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल र पहुँचयोग्य बनाउनु रहेको कम्पनीले जनाएको छ।

फोनपेका अनुसार, अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्नेछ। डिजिटल वित्तीय साक्षरता र जनचेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिने छन्।

यस अभियानअन्तर्गत कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग तथा वित्तीय विज्ञहरूसँग प्रश्नोत्तर जस्ता कार्यक्रमहरू गरिनेछन्। यस्ता गतिविधिहरूबाट डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाउने लक्ष्य लिइएको छ।

त्यसैगरी, डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिने कम्पनीले जनाएको छ। साथै, फोनपेले ‘सेयर गर र जित’ प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ। प्रतियोगितामा सहभागी हुनका लागि डिजिटल भुक्तानीले जनजीवनलाई कसरी सहज बनाएको छ भन्ने अनुभव फेसबुक, इन्स्टाग्राम वा टिकटकमा भिडियो पोस्ट गर्नुपर्नेछ। यस प्रतियोगिताबाट एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ जित्ने अवसर पाउनेछन्।

फोनपेले यो अभियानमार्फत डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य लिएको छ। अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ।

फोनपेले सबैलाई डिजिटल भुक्तानी गर्दा सुरक्षित कारोबार सुनिश्चित गर्न सचेत रहन आग्रह गरेको छ। सुरक्षित डिजिटल कारोबार प्रवर्द्धन गर्न प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक रहेको कम्पनीको भनाइ छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved