फोनपेको ऐतिहासिक कीर्तिमानः एकै दिनमा १० लाख क्यूआर कारोबारबाट साढे २ अर्ब भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2025 | 12:30:57 PM मा प्रकाशित

nepal oil ltd

भुक्तानी प्रणाली सञ्चालक फोनपेले क्यूआर कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले एक दिनमै १० लाख पटक क्यूआर कोडमार्फत कारोबार सम्पन्न गरेको हो ।

उक्त दिन कुल कारोबार रकम रु २.६२ अर्ब पुगेको फोनपेले जनाएको छ, जुन डिजिटल अर्थतन्त्रमा नेपालको अग्रगमनको स्पष्ट संकेत हो । ​फोनपेले यो सफलतामा साथ दिने बैंक तथा वित्तीय संस्था, ग्राहक तथा व्यापारीहरू सबैलाई धन्यवाद दिएको छ ।

यस ऐतिहासिक उपलब्धिमा भारतीय पर्यटकहरूले समेत उल्लेखनीय योगदान दिएका छन् । नेपाल भ्रमणमा रहेका पर्यटकका लागि क्यूआर आधारित युपीआई प्रणाली सहज र छिटो माध्यमका रूपमा स्थापित हुँदै गएको छ, जसले पर्यटन क्षेत्रमै डिजिटल कारोबारको स्वीकार्यता बढाएको छ । फानेपेको प्रविधि एकीकरणले न केवल पर्यटन क्षेत्रलाई सहयोग पुर्याएको छ । यसले आम नेपाली उपभोक्ताका लागि समेत डिजिटल कारोबारको अनुभव सुरक्षित, सरल र समयमै हुने बनाएको छ ।

२०१९ मा सेवा सञ्चालनमा आएको फोनपेले प्रायः सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आबद्ध गराएको छ । यसअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक क्यूआर प्रविधि भित्र्याएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved