फिसिङमार्फत इसेवाबाट करोडौं ठगी, काठमाडौँको अनामनगरबाट एक युवक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2025 | 08:31:06 AM मा प्रकाशित

nepal oil ltd

आर्थिक अपराधको जटिल शैली अपनाउँदै साइबर अपराधीहरुले हजारौं इ–सेवा प्रयोगकर्ताको खाता नियन्त्रणमा लिई करोडौं रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरेका छन् । काठमाडौँको अनामनगर बस्ने २२ वर्षीय राहुल बूढालाई प्रहरीले यस्तै आर्थिक साइबर अपराधमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भएका बूढाले इ–सेवाको खाताधारकलाई ‘तिम्रो खाता सस्पेण्ड हुन लागेको छ’ भन्दै एसएमएसमार्फत फिसिङ लिङ्क पठाउने गरेका थिए । सो लिंकमा क्लिक गरी भेरिफिकेसन गर्न लगाएर प्रयोगकर्ताको खाता नियन्त्रणमा लिएर मौज्दात रकम अन्य खातामा ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार बूढाले ४ हजारभन्दा बढी व्यक्तिको इ–सेवा खाता ह्याक गरेर पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा झन्डै १ करोड २ लाख रुपैयाँ ट्रान्सफर गरेका थिए ।

उनीलाई प्रहरीले कालीमाटीबाट पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । अनुसन्धानको क्रममा फेला परेका विवरणले फिसिङको माध्यमबाट रकम ठगी गरी कम्पनी खातामा ट्रान्सफर गरिएको पुष्टि भएको जिसीले बताए ।

बूढालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ । यस घटनाले डिजिटल कारोबारप्रति नागरिकको विश्वासमा आँच आउन सक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रहसमेत गरेको छ । साथै, फिसिङ लिङ्क नखोल्न र संवेदनशील जानकारी नबाँड्न नागरिकलाई सचेत गराइएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved