उद्योग वाणिज्य सङ्घ काभ्रेको अध्यक्षमा पसछे विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 01:46:57 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी भएका छन्। आइतबार सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्नुहुँदै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गरेका छन्। भोछिभोयाले ४३९ मत प्राप्त गरेका छन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन भएका छन् भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले ६०२ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरी विजयी भएका छन् ।

सङ्घको महासचिवमा रवीन्द्र बैदार ५९० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी विकास शर्मा तिमल्सिनालाई पछि पार्दै विजयी भएका छन् । तिमल्सिनाले ३६४ मत प्राप्त गरेका छन् । सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सङ्घको कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके विजयी भएका छन् भने सहसचिव पदमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ निर्विरोध भएका छन्। सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी भएका छन् ।

खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ(बि), अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ(ए), उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी भएका छन् । महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved