कांग्रेसका सभासद गोल्छाका छोरा सहित २३५ जना उद्योगी व्यवसायी एमाले प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2021 | 10:18:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका चर्चित तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुले एक साथ नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवेश गरेका छन्। नेपाली कांग्रेस निकट रहेका गोल्छा समुहका व्यवसायीदेखि हालै सम्पन्न नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार तथा व्यवसायी किशोर प्रधानसम्मले एक साथ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट एमाले प्रवेश गरेका हुन्। 

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अबिर लगाएर व्यावसायीहरुलाई प्रवेश गराएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडकाअनुसार कुल २३५ जना व्यवसायी एमाले प्रवेश गरेका छन्।

नेपालका ठूला व्यापारिक घरानाका व्यावसायीहरुलाई समेत एक साथ पार्टी प्रवेश गराउंदै प्रधानमन्त्री ओलीले भने,  ‘कुन कानुनको कुन दफा अन्तर्गतको कुन प्रावधानले तपाईहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ हुन्छ, लिखित रुपमा ल्याउनुस्, सरकारले आवश्यक कार्य गर्छ’, 

उक्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले  क्रममा यस्ता उद्योग व्यवसाय क्षेत्रको हितका  लागि कानुन सुधार गर्न संसद अधिवेशन नबसेको अवस्थामा अध्यादेश ल्याउनसमेत आफू तयार रहेको बताए। 


पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसबाट सभासद समेत भएका दिवाकर गोल्छाका छोरा तथा एफएनसीसीआईका वर्तमान अध्यक्ष शेखर गोल्छाका भतिजा हितेश गोल्छा रहेका छन्। त्यस्तै एमाले प्रवेश गर्ने अन्य उद्योगी व्यवसायीहरुमा ललित अग्रवाल, सिताराम अग्रवाल,कृष्ण प्रसाई नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल,जुगल किशोर धनावत लगायत मारवाडी समुदायका व्यवसायी पुनम व्यास, मदन मित्तल, अजय सरावगी, पनि रहेका छन्। 

यस्तै एमाले प्रवेश गर्ने अन्य व्यवसायीहरुमा नर्पतसिजग जयत, पदम बहादुर कार्की, प्रकाश पाण्डे, प्रतिमा अधिकारी, प्रदीप खनाल, ओम प्रकाश मोर, ओम प्रकाश लोहिया, सुरेन्द्र श्रेष्ठ, सरस्वती खत्री, किशोर लोहिया, नविल खान, अनिल कुमार बंशल, जिवन दारुका, पितम्बर हरलार्का, सुरेश महेश्वरी रहेका छन्।

अन्य व्यसायीहरुमा प्रेम पाण्डे, अमिर बिडारी, दिलिप जयन्त, नरेशकुमार सरिया, विशाल वाग्ले, विनय राउत, सरोज भण्डारी, दर्शन न्यौपाने, सन्तोष खेतान, अशुतोष पटवारी, दिलिप जयन्त, राकेश कुमार जलान, सुभाष गोयल, प्रकाश कपुरी, अजय लालान, विनोद सतानी, पिउस मित्तल, शिव कुमार शर्मा, रमेश प्रशानी, दोदीराम सापकोटा, दिलिप अग्रवाल, विनोद सेठिया, महेन्द्र बथुवाल, इन्द्रकुमार मित्रुका, श्याम सरावगी, श्रीधर बन्जाडे, अनिल जलान, सन्दिप सरावगी, सुमन कन्दोयी, उषा धनावत, अमन कन्दोयी, मिलन खतिवडा, मिलन खड्का, शम्भु तिवारी, सुवाष गोयल, अशोक अग्रवाल, दिपक टिबरेवाल, अंकुर लोहिया, एबिन कर्माचार्य, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास,राजेश अग्रवाल, बिनिता अग्रवाल, महेन्द्र अग्रवाल, सुस्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, विशाल श्रेष्ठ, सुरेन्द्र मोर, अरुण शर्मा, उपेन्द्र पाठक, अनिल अग्रवाल, कान्छा तुलाधर, गोविन्द आचार्या, चिराग लोहिया, जिवन दिपेश खड्का, पंकज जालान, सञ्जग तुल्स्यान, पदम बहादुर कार्की, प्रकाश पाण्डे, प्रतिमा अधिकारी, प्रदिप खनाल, विशाल शर्मा रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved