एकैपटक २३५ जना उद्योगी व्यवसायीलाई एमाले प्रवेश गराउने मोतीलाल दुगड को हुन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 02:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहण गराएर २३५ जना उद्योगी व्यवसायीलाई एकैपटक एमाले प्रवेश गराएपछि चर्चित छन् मोतीलाल दुगड । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका दुगडकै अगुवाईमा बालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी एमाले प्रवेश गरे ।

को हुन् दुगड ?

एमालेले मधेशी कोटाबाट उद्योगी मोतीलाल दुगडलाई समानुपातिक सांसद बनाएको थियो । २०६४ सालको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवी नामक पार्टीबाट समानुपातिक सांसद रहेका दुगड २०७० सालको निर्वाचनपछि मात्रै एमाले प्रवेश गरेका हुन् ।

२०७० सालको निर्वाचनमा भने उनले आफ्नै पार्टीमार्फत निर्वाचन लडेका थिए । नव नेपाल पार्टी गठन गरेर २२ जना उम्मेद्वार उठाउँदा पनि पार्टीले जम्मा १ हजार ३९८ मत मात्रै प्राप्त गरेपछि दुगडले पार्टीलाई नै एमालेमा विलय गराएका थिए ।

२०७६ मंसिर ४ गते बुधबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा दुगडलाई उद्योग राज्यमन्त्री बनाए । राज्यमन्त्रीका रुपमा रहेर पनि उद्योगीहरुका माग सम्बोधन गराउन निकै पहल गरेको भन्दै उद्योगी व्यवसायीले उनको प्रशंसा गर्ने गरेका छन् । १३ महिना राज्यमन्त्री बनेका दुगड २०७७ माघ ४ गते प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएर हाल बहालवाला छन् ।

औद्योगिक यात्रा

२०२२ साल बैशाख ८ गते मोरङको बिराटनगरमा जन्मिएका दुगड २०४४ सालदेखि व्यवसायमा छन् । २०३६ सालमा बिराटनगरको सत्यनारायण मा.वि. बाट एसएलसी पास गरी महेन्द्र मोरङ क्याम्पसबाट प्रविणता प्रमाणपत्र र स्नातक तहसम्मको अध्ययन पुरा गरेका उनी मधेश केन्द्रित राजनीति गर्न चाहान्थे । 

तर, उनले आफूमा मुलुककै मूलधारको राजनीति गर्ने क्षमता रहेको महशुस गरेपछि एमालेको राजनीतिमार्फत उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

२०४८ सालमा पीभिसी उद्योग स्थापना गरेर सफलता प्राप्त गरेपछि एकपछि अर्को लगानी थपिरहेका दुगडको नेशनल ग्रुप अफ कम्पनिज् अन्तर्गत दुगर स्पाइसिज एण्ड फुड प्रोडक्ट प्रा. लि. प्रख्यात छ । दुगडले बिराटनगरमै चारतारे ह्यारिसन होटल पनि चलाएका छन् । 

सेञ्चुरी मसला, पोलिमर र होटल क्षेत्रमा लगानी गरेर सफल उद्योगीको पहिचान बनाएका दुगडलाई उद्योगी व्यवसायीले ‘दाई’ मान्दै आएका छन् । 

उद्योग व्यवसायका क्षेत्रमा परिचित दुगड राजनीतिमा पनि विस्तारै परिचित बन्दै गएका छन् । झन शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका मानार्थ सदस्य किशोर प्रधानसहित २३५ जना उद्योगीलाई एकैपटक एमाले प्रवेश गराएपछि उनको चर्चा एकाएक चुलिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved