‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई लिएर परिसंघ र राजश्व परामर्श समितिबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 07:33:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने उदेश्यले छलफल तथा भेटघाटलाई तिब्रता दिएको छ। सोहिअनुसार परिसंघले आज राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र समितिका सदस्यसचिव भूमिराम शर्मासँग परिसंघको कार्यालयमा छलफल गरेको हो। 

छलफलको माध्यमबाटनै अभियानलाई व्यापक बनाउने लक्ष्य रहेकोले यसैको निरन्तरता स्वरुप आजको कार्यक्रम आयोजना गरिएको परिसंघले जनाएको छ। छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस अभियानलाई अगाडी बढाउन यस भन्दा अगाडी गरेका छलफल र शुभारम्भ कार्यक्रमहरुको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउनको लागि विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा राखेको बताए। यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखे। 

अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो । नितिगत तहमा रहेका व्यक्तिहरुको सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै अध्यक्ष मोरले उद्योगहीहरु माग्नमात्र आउँछन् भन्ने मानसिकता क्रमशः हट्दै गएको बताए। 

राजश्व परामर्श समितिका अध्यक्ष दाहालले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै राजश्व परामर्श समितिले नीतिगत व्यवस्था र बजेट मार्फत कसरी सहयोग गर्न सकिन्छ त्यस तर्फ पनि विचार पु¥याउने धारणा राखे। 

नीजिक्षेत्रका तर्फबाट आउने राजश्वका कतिपय सुझावहरु स्पष्टरुपमा आउनु पर्ने धारणा राख्दै करको दरभन्दा पनि करको दायरालाई बढावा दिने गरी समितिले आप्mना कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । निजी क्षेत्रबाट आएका सुझावहरु मनन योग्य भए पनि मूल्य अभिवृद्धि करलाई वहुदरमा लानको लागि यसवर्ष कुनै सोच नभएकोले यसलाई आगामी वर्षहरुमा अगाडी बढाउँदै लैजाने बताए। 

अहिलेको अवस्थामा अनलाईन व्यापारलाई कसरी सहज पहिचान गर्न सकिन्छ त्यस तर्फ समिति केन्द्रित रहेको उनले बताए। समितिले कुनै पनि बेला नेपाल सरकारलाई सुझाव दिनसक्ने भएकोले भन्सार र ननट्क्सका विषयहरुलाई व्यवस्थापन गर्दै लैजाने बताए। ्बढीमा ५० देखि ६० वटा महत्वपूर्ण सुझावहरुलाई समितिले पहिचान गर्ने र तिनै सुझावहरु सरकारलाई प्रस्तुत गर्ने उनले बताए।

परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले परिसंघले अगाडी सारेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको विस्तृत प्रस्तुतिकरण गर्दै औद्योगिकरणको लागि राजश्व नीति सम्बन्धमा छलफल चलाउनु पर्ने सुझाव दिए। छलफलमा परिसंघका उपाध्यक्षहरु क्रमशः निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, सुलभ अग्रवा र वीरेन्द्रराज पाण्डे लगायतको उपस्थिति थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved