नेपाल चेम्बर र रोयल नेपाल गल्फबीच ‘चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 06:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने सम्झौता भएको छ । सम्झौतामा नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले हस्ताक्षर गरेका छन् । 

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा चैत २० र २१ गते  ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना गरिनेछ । यसपछि पाँच वर्षसम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने समझदारी पत्रमा उल्लेख छ । 

अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं पर्यटन सभापति अर्जुनप्रसाद शर्माले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved