पेट्रोलियम डिलर्स एशोसिएसनमा चुनाव लाग्यो, नेतृत्वमा प्रधान र श्रेष्ठको दावेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 01:25:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनको ४२ औं साधारणसभा आज शुक्रबारबाट सुरु भएको छ । साधारणसभाले एशोसिएसनको आगामीनेतृत्व पनि चयन गर्ने भएकाले दावेदारहरु आ–आफ्नै रणनीतिमा छन् । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एशोसिएसनको साधारणसभाको उद्घाटन गरेका छन् । आज दिउँसो २ बजेबाट बन्दसत्र सुरु हुनेछ । शनिबार बिहान ७ बजेबाट उम्मेदवारी दर्ता र शनिबार दिउँसो १२ः३० बजेबाट मतदान सुरु हुनेछ । 

अध्यक्ष पदका लागि लिलेन्द्र प्रसाद प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन् । वर्तमान अध्यक्षसमेत रहेका प्रधान अध्यक्षमा दोहोरिन चाहेका छन् । 

एशोसियसनको महासचिवमा प्रधान प्यानलबाट विश्व अर्याल र श्रेष्ठ प्यानलबाट आत्माराम थापाबीच प्रतिस्पर्धा हुँदैछ । कोषाध्यक्षमा प्रधान समूहबाट चतुर्भुज सरिया र श्रेष्ठ समूहबाट अच्युत बहादुर खड्काको उम्मेदवारी परेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved