चेम्बरद्वारा व्यवसायीहरु सम्मानित, कसलाई कुन सम्मान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 07:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको छ  । नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभाको अवसरमा चेम्बरले उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको हो  । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र तथा कदर पत्र प्रदान गरेका हुन् ।

जस अनुसार नेपाल चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदर पत्र प्रदान गरिएको छ। यस्तै कोभिड १९ महामारीमा नेपाल चेम्बर अन्र्तगत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपक कुमार मलहोत्रा सम्मानित भएका छन् । 

नेपाल भारत आर्थिक सम्बन्धमा सहजीकरण तथा सुधृढ गर्न योगदान गरेबापत् नेपाल भारत उद्योग वाणिज्य संघलाई कदर पत्र प्रदान गरिएको छ । संघका तर्फबाट अध्यक्ष राणाले सम्मान पत्र ग्रहण गरेका छन्। नेपालको वैदेशिक व्यापारमा सहजीकरण गरेबापत् नेपाल फ्रेट फर्वाडर्स एसोसियसन सम्माति भएको छ। एसोसियसनका अध्यक्ष मनोज अधिकारीले सम्मान ग्रहण गरेका छन्। 

प्रसंशनीय कार्य सम्पादन गरेका पोखरा चेम्बर अफ कमर्स कास्की, चितवन चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्सलाई पनि कदर पत्र प्रदान गरिएको छ । यस्तै जग्गा व्यवस्था गरी भवन निर्माण गरेका कपिलबस्तु चेम्बर अफ कमर्स, डोटी चेम्बर अफ कमर्स, हरिवन नगर चेम्बर अफ कमर्स र उद्योग व्यापार संगठन रुपन्देहीले कदर पत्र प्राप्त गरे ।  

चेम्बरका ६ जना पूर्व अध्यक्षको सम्मानमा स्थापित मेमोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा योगदान प्रदान गरेका महानुभावहरुलाई वितरण गरिएको छ । बनवारी लाल मित्तल मेमोरियल अवार्ड पर्यटन तर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले ग्रहण गरेका छन्। 

जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमीतर्फ इन्दिरा सापकोटाले प्राप्त गरेका छन्। यस्तै राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषि तर्फ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्राप्त गरेका छन्। जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्राप्त गरेका छन् । यस्तै इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवालले प्राप्त गरेका छन्। यस्तै ईश्वरलाल मेमोरियल अवार्ड पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले प्राप्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved