ओलीलाई ९० वर्षीय व्यवसायी श्रेष्ठले भने 'प्रत्यक्ष राष्ट्रपति र विज्ञ मन्त्री भएमात्र विकास हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 10:10:01 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले नेपाललाई वर्तमान समयमा राष्ट्रपति प्रणाली र विज्ञ मन्त्रीको आवश्यकता भएको  बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभामा बोल्दै ९० वर्ष पुगेका अध्यक्ष श्रेष्ठले नेपालमा व्यवस्थाको कमजोरी भएको र यसको समाधानका लागि अबको चुनाबमा प्रत्यक्ष राष्ट्रपतिको चुनाव गरी तीन करोड नेपाली जनताबाट छानेर विज्ञ मन्त्री राख्न पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् । 

यसो हुँदा नेपालको करिब ५० प्रतिशत भ्रष्टाचार कम हुने भन्दै त्यस्तो ब्यबस्था गर्न  प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई छुट्टै विकास बजेट छुट्याएर बजेट बिनियोजन गर्न आग्रह गरेका छन्  । त्यसो हुँदा आफुले एक सालमा करिब १ अर्ब रुपैँया आम्दानी गर्न सक्ने उनको भनाई थियो। 

साधारणसभामा चेम्बरले श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved