चेम्बरका पदाधिकारीलाई स्वागत गर्दै अध्यक्ष गोल्छाले भने, ‘हाम्रो भाषा एउटै हुनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 03:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्शका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू बीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् । 

निजी क्षेत्र एक ढिक्का भए मात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुंदा संस्थागत सहकार्य र कार्यगतलाई जोडतोडका साथ अगाडि बढाउनु पर्ने दुवै संस्थाका पदाधिकारीहरूको भनाई छ । 

महासंघद्वारा चेम्वर अफ कमर्शको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागतमा महासंघ सचिवालयमा आयोजित कार्यक्रममा संस्थागत सहकार्य र कार्यगत एकताकै कारण कोभिड पश्चात अर्थतन्त्रको पुनरूत्थान लगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज सम्भव भएको उनीहरुको भनाई छ । 

राजनीतिक दलबाट आह्वान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्ने लगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो संदेश गएको भन्दै महासंघ र चेम्बरले खुशी साटासाट गरेका छन् । 

एकता नै बल हो भन्ने कुरालाई महासंघ, चेम्बर र उद्योग परिसंघले मनन गरेर अगाडी बढ्नु पर्ने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । 

‘हामी प्रतिस्पर्धी होइन एक अर्काका परिपुरक हौं र आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौ, सहकार्यलाई घनिभुत ढंगले अगाडि बढाऔं । हामीले बोल्ने भाषा एकै हुनुपर्छ । हामीले एकता देखाउन सक्यौ भने हामी अझ बलियो हुन्छौं’ अध्यक्ष गोल्छाले भने ।

अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने पनि बताए । महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमा समेत संस्थागत सहकार्य गर्न चेम्वरलाई आग्रह गोल्छाले आग्रह गरे । 

चेम्वरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्वरका निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसंग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । अध्यक्ष मल्लले महासंघले अगाडी सारेको भिजन पेपरको कार्यान्वयनमा के कसरी सहकार्य गरि अगाडी बढ्न सकिन्छ त्यसमा आफ्नो पूर्ण समर्थन रहने बताए । 

स्वागत कार्यक्रममा कोभिडको दोस्रो लहर आएको सन्दर्भमा लकडाउनका कुरा समेत आउन थालेकाले लकडाउन नै अहिलेको समस्याको समाधान नभएको र मुलुकको अर्थतन्त्रले अव अर्को लकडाउन थेग्न नसक्ने हुंदा अर्थतन्त्र र स्वास्थ्य सचेतनालाई एकैसाथ लैजाने तर्फ पहल हुनुपर्ने र महासंघ, चेम्वर र परिसंघ बीच संस्थागत सहकार्य र कार्यगत एकतालाई अगाडी बढाउन दुई दुई जनाको एक समिति गठन गरी सोही समिति मार्फत कार्य गर्न उपयुक्त हुने सुझाव पनि सो अवसरमा राखिएको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू, चेम्वरका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपकुमार मल्होत्रा, उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष त्रिभुवनधर तुलाधरको सहभागिता रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved