व्यवसायी दिपक मल्होत्राद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 02:19:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले बिभिन्न अस्पतालमा अक्सिजन सिलिण्डर वितरण गर्ने भएका छन्। आफ्नो फाउन्डेसन र नेपाल चेम्बर्स अफ कमर्श तथा अरु केहि सँस्थाहरु मिलेर अति आवश्यक प्रयोगकर्ता तथा अस्पतालहरुलाई सहोगार्थ सिलिण्डर वितरण गर्न लागिएको मल्होत्राले जनाएका छन्। 

मल्होत्राकाअनुसार पहिलो चरणमा बिभिन्न अस्पतालहरुमा २२५० थान अक्सिजन सिलिण्डर वितरण हुनेछ। त्यसपछि आफुहरुले दोस्रो चरणमा पनि आवश्यकताअनुसार थप अस्पतालमा थप अक्सिजन वितरण हुनेछ। 

मलहोत्राले अहिले ब्याबसाय गर्न भन्दा पनि सामाजिक कामका लागी अक्सिजन सिलिण्डर वितरण गर्न लागिएको बताए । उनले आफुहरुले यस पछि चीनबाट ल्याउने अक्सिजन सिलिन्डर पनि सहयोग तथा सामाजिक कामका लागि नै ल्याउने बताए। 

कोरोना भाइरसको पहिलो लहर अर्थात गत बर्ष पनि मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित मास्क बिभिन्न संघ संस्था, चिकित्सक संघ तथा अस्पाल, नेपाल ट्राफिक, नेपाल प्रहरी, स्वास्थ्यकर्मी लगायतलाई सहोगार्थ वितरण गरेका थिए। 

मल्होत्राले आफ्नो फाउन्डेसन डीएम फाउण्डेसन मार्फत सामाजिक काम गर्दै आएका छन्। डीएम फाउन्डेसन 'डी' र 'एम' मिलेर बनेको र यी दुई अल्फाबेटले आफ्नो नाम दिपक मल्होत्रा, आफ्नो बुवाको नाम देबराज मल्होत्रा, र छोरा डिकेश मल्होत्राको प्रतिनिधित्व गर्ने र यो सँस्थाको नामबाट सामाजिक काम गर्न पाउँदा मनलाई शान्ति तथा खुसि मिल्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved