मौद्रिक नीतिको समिक्षाबारे परिसंघको सकारात्मक प्रतिकृया, भन्यो-'उद्योग व्यवसायलाई धेरै सहज'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 09:18:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिषदले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत गरिएका व्यवस्थाले स्वास्थ्य सेवामा सकारात्मक असर पुग्ने विश्वास लिएको छ। परिसंघले आज एक बिज्ञप्ती जारि गर्दै नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षामा आफ्नो प्रतिकृया दिएको हो। 

स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधारदरमै कर्जा प्रवाह गर्नुपर्ने, लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेष पुनरकर्जा गर्नुपर्ने लगायतका व्यवस्थाले स्वास्थ्य क्षेत्रमा असर पर्ने परिसंघको विश्वास छ। 

त्यस्तै निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै शुल्क वा जरिवाना लिन नपाउने , निषेधाज्ञा समाप्त भएको एक महिना सम्म कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धि सुचना प्रकासन गर्न नपाईने व्यवस्थाले उद्योग तथा व्यवसायलाई केहि सहज हुने आफुहरुको बुझाई रहेको परिसंघले जनाएको छ। 

त्यस्तै निषेधाज्ञाको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने ग्राहकलाई सहुलियत उपलब्ध गराउने व्यवस्था समेत उल्लेख गरिएको कुरालाई समेत परिसंघले सकारात्मक भनेको छ। 

आफुहरुले आग्रह गरेअनुसार नै राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले निर्वाह गर्नु पर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत हाल विद्यमान स्वास्थ्य समस्यासंग जुध्न आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाएको परिसघंको दाबि छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved