कोक, फ्यान्टा र स्प्राइटको भाउ बढ्यो, अब १ वोतलको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 10:44:33 AM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी बढेसँगै चीसो पेय पदार्थको मूल्य पनि बढेको छ । गत शनिबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाई देखाएर चीसो पेय पदार्थको मूल्य बढाईएको छ । तर, औपचारिक रुपमा मूल्य बढ्नुको कारण बजेट नै हो भनेर किटान भने गरिएको छैन ।

कति बढ्यो मूल्य ?

नेपाली बजारमा सबैभन्दा धेरै बिक्रि हुने कोकोकोला, फ्यान्टा र स्प्राइटको भाउ बढेको छ । कम्पनी आफैँले स्वघोषित रुपमा मूल्य बढाएका हुन् । वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले आफ्ना उत्पादनका भाउ बढाएका हुन् । 

शुक्रबार संयुक्त रुपमा एक सूचना जारी गर्दै वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले उत्पादनको भाउ बढेको जनाएका छन् । 

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ । यसअघि १४० रुपैयाँमा यी उत्पादन पाइन्थ्यो ।

कम्पनीले कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ तोकेको छ । 

त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आउनु अगाडीसम्म २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट २०० रुपैयाँ प्रति बोतलमा उपलब्ध हुँदै आएको थियो । 

कम्पनीले २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ वोतल) को मूल्य १ हजार ३५० रुपैयाँ तोकेका छन् । 

यो मूल्य आजैबाट लागू हुने भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved