नाडाले भन्यो, ‘लकडाउन थप्दै लगे जनता सडकमा ओर्लिनेछन्’

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jun 12, 2021 | 12:21:20 PM मा प्रकाशित

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले आर्थिक गतिविधि सूचारु गर्न माग गरेको छ । नाडाले कोरोना विरुद्दको खोपको व्यवस्था गरी उद्योग व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताएको छ । 

नाडाका महासचिव सुनिल रिजालले आज एक विज्ञप्ति जारी गरी ‘संक्रमणबाट बच्ने अन्य शुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण’ बनाउनु माग गरेका छन् । 

नाडाले जनताहरु बाध्य भएर सडकमा आउने चेतावनी दिँदै निषेधाज्ञाको अवधि थपिँदै जानु समस्याको समाधान नभएको पनि बताएको छ ।

‘थपिँदो लकडाउन अवधिका कारण अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको र यस्तो संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको बर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थिति आउनु अघि नै सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौ ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved