उद्योगी,व्यवसायी तथा कार्यरत मजदुरलाई खोपको व्यवस्था गर्न चेम्वरको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 01:29:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले कारोना महामारीको यस जटिल अवस्थामा सम्पूर्ण उद्योगी व्यवसायी र यी क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । चेम्वरले समयमै कोरोना विरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मबलमा ह्रास आएको भन्दै खोपको व्यवस्था गर्न आग्रह गरेको हो । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियण्टको कोरोना भाइरस (कोभिड -१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै चेम्वरले नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा   यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको बताएको छ । 

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने चेम्वरको भनाई छ । 

कोरोना महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको छ भने समयमै कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा ह्रास आएको चेम्वरले जनाएको छ । अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना विरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था भएको बताएको चेम्वरको भनाई छ । 

यस परिस्थितिमा उद्योग तथा व्यवसाय संचालनका सिलसिलामा अग्रपंक्तीमा कार्यरत हुनु पर्ने भएकोले समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु ,चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तर्गतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम् उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाइ दुवै चरणको खोपको व्यवस्थाका लागि चेम्वरले सम्बधित निकाय समक्ष आग्रह गरेको जनाएको हो ।  


 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved