एईसीमा सुमार्गीः पछिल्ला ५ महिनामा डेढ दर्जन काम, यस्ता छन् भावी योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 05:19:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र (एईसी) का सभापति अरुणराज सुमार्गीले हाल सम्मको कार्य प्रगति सार्वजनिक गरेका छन् । आफू महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित भएर कृषि उद्यम केन्द्रको सभापतिको जिम्मेवारी पाएदेखि हालसम्म भएका काम सुमार्गीले सार्वजनिक गरेका हुन् ।

के के भए काम ?

उनले आफूले जिम्मेवारी सम्हालेपछि भएका कामलाई बुँदागत रुपमा सार्वजनिक गरेका छन् । सभापति सुमार्गीले सार्वजनिक गरेका कामको सूचीमा बेरुजु फर्छ्यौटदेखि बजेटमा सुझाव दिईएका विषयसम्म उल्लेख गरिएका छन् ।

१) इजरायली राजदूत हनान गोदारसँग भेटवार्ता र आवश्यक सहयोगको आश्वासन प्राप्त

२) कृषि सचिवसँग विभिन्न मितिमा भेटवार्ता र कृषिका सम्बन्धमा नीतिगत सुधारका लागि ध्यानाकर्षण

३) एईसी एप सञ्चालन कार्यक्रमबारे जानकारी

४) ओभीओपी कार्यक्रमको ९७ लाख ८७ हजार ६ सय रुपैयाँ बेरुजु फर्छ्यौट

५) विद्युत, बैंकको ब्याजदर, कर, भ्याट, अन्तशुल्क तथा भन्सार दर आदिमा नीतिगत सुधारका लागि ध्यानाकर्षण

६) राष्ट्रिय कृषि नीति २०७७ को मस्यौदामा सुझाव प्रदान

यसअघिः
एईसीमा सुमार्गीः फेज आउट आयोजना फिर्तादेखि नेपाली जडिबुटीको ओरिजिन प्रमाणितसम्म

७) राष्ट्रिय आपुर्ति नीति २०७७ को मस्यौदामा सुझाव प्रदान

८) समृद्धि आयोजनाबाट प्रदेश १ र २ को उद्योग वाणिज्य संघको वेबसाइट निर्माण

९) स्थानीय बजारको मूल्यसूची संकलन गरी वेबसाइटमा प्रविष्ट गरिएको

१०) १५ जिल्ला नगर उद्योग वाणिज्य संघमार्फत कार्यान्वयन गर्न बस्तु तथा स्थानको छनोट सम्पन्न

११) आर्थिक वर्ष २०७८/०७९ मा कार्यक्रम समावेशका लागि बागमती प्रदेश सरकारलाई पत्राचार

१२) ४८१ जनालाई समृद्धि आयोजनाबाट ‘व्यवसाय सम्भाव्यता अभिमुखीकरण’ तालिम प्रदान

१३) प्रदेश नम्बर १ का १८ जनालाई व्यवसायिक बाख्रा पालन तालिम प्रदान

१४) कर्णाली प्रदेशबाट उत्कृष्ट कार्य गरेवापत कर्मचारी शेषमणी भट्टराईलाई पुरस्कृत

१५) शंखरापूर उद्योग वाणिज्य संघको स्वःलेखाजोखा संस्थागत क्षमता अभिवृद्धि साखुमा सम्पन्न

भावी योजनाः

१) ५ वर्षीय रणनीति कार्ययोजना (२०२१/२२ देखि २०२६/०२७ सम्म) तयार

२) कृषि उद्यम तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन

३) ७ वटै प्रदेश सरकारसँगको सहकार्यमा कृषिको व्यवसायीकरणको योजना निर्माण

४) नेपाल सरकार, कृषि मन्त्रालयबाट कृषि उद्यम केन्द्रलाई ‘थिंक ट्यांक’ को रुपमा प्रतिनिधित्व

५) जिल्ला नगर उद्योग वाणिज्य संघ, प्रदेश उद्योग वाणिज्यसँग मिलेर कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन

६) विभिन्न सरकारी, गैरसरकारी र दातृ निकायहरुमा परियोजनाका लागि प्रस्ताव पेश


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved