चेम्बरको उपभोक्ता हित समितिले पायो पूर्णता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 11:24:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शले गठन गरेको उपभोक्ता हित,आपूर्ति,स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिमा सदस्यहरु मनोनित भएका छन् । चेम्बरका  कार्य समिति सदस्य श्री देवेन्द्र भक्त श्रेष्ठको सभापतित्वमा गठित समितिमा सदस्यहरु मनोनित भएका हुन् । 

समितिको सल्लाहकारमा योगेन्द्र गौचन, सह सभापतिमा प्रदिपलाल श्रेष्ठ तथा सदस्यहरुमा क्रमश अमर वानिया, ओम प्रकाश वंशल,नरेश शाही,प्रेम वहादुर श्रेष्ठ,लव कुमार श्रेष्ठ, चन्द्र वहादुर थापा ,राज मान डंगोल,  प्रमोद गुप्ता, अनिल शर्मा, राज कुमार दाहाल, शुभेन्द्र जोशी, राकेश कुमार गुप्ता मनोनयन भएका छन् ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा  मनोनयन भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।  मनोनयन पत्र प्रदान गर्दै अध्यक्ष मल्लले समितिमा उपभोक्ता हित,आपूर्ति,स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय क्षेत्रमा लामो अनुभव हाशिल गरेका हरुको प्रतिनिधित्व भएकोले चेम्बरको उपभोक्ता हित तथा आपूर्ति सम्बन्धी कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै  कार्यकालको सफलताको कामना गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved