चेम्वरले गर्यो प्रधानमन्त्रीसंग भेटवार्ता, राहत प्याकेज र खोपको ब्यबस्था गर्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 03:55:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले प्रधानमन्त्री शेर वहादुर देउवासंग भेटवार्ता गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यहरुले प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेका हुन्।

उक्त अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका छन् । अध्यक्ष मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउदै उनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइअर्थतन्त्रमा योगदान पुग्न जाने हुंदा निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरेका छन् ।

अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको  व्यवस्था गरिनु पर्ने माग गरेका छन् । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने,  संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने माग गरेका छन्।

बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार  खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने,  निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने,  विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने,  लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन चेम्बरले आग्रह गरेको छ।

जवाफमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताउदै अहिले अर्थतन्त्रमा देखिएका चुनौतिहरुलाइ सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गर्न सकिने बताए । कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको उनको भनाई थियो ।

निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताउदै देउवाले नेपाल चेम्वर अफ कमर्सको माग सम्वोधन हुने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved