परिसंघको अध्यक्षमा अग्रवाल, यी हुन् ३७ राष्ट्रिय परिषद सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 09:48:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चुनिएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने परिसंघको विधान अनुसार १८औं वार्षिक साधारण सभामार्फत अग्रवाल अध्यक्ष बनेका हुन् ।

एमएडब्लू इन्टरप्राइजेज, एमएडब्लू अर्थमुभर, एमएडब्लू इन्भेष्टमेन्ट कम्पनी र एमएडब्लू कंक्रिट लगायतका कम्पनीका सन्चालक रहेका अग्रवाल वरिष्ठ उपाध्यक्ष हुँदा इन्टरप्रेनर फोरमको सभापति थिए । पूर्व फुटबल खेलाडीसमेत रहेका अग्रवाल नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत पनि हुन् । 

साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । राष्टिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । 

संस्थागत सदस्य समूहबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा चयन भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved