रेष्टुरेन्ट व्यवसायमा भ्याट हटाउन व्यवसायीको माग

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 23, 2021 | 02:48:13 PM मा प्रकाशित

mega bank

रेष्टुरेन्ट व्यवसायीले रेष्टुरेन्टमा भ्याट नलिने व्यवस्था गर्न माग गरेका छन् । आज अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर व्यवसायीहरुले रेष्टुरेन्टमा प्रयोग हुने सम्पूर्ण खानाको कच्चा पदार्थमा पूर्णरुपमा स्वदेशी उत्पादन र कृषि उपज प्रयोग गर्ने भएकाले भ्याट लिने व्यवस्था हटाउन माग गरेका हुन् ।

भ्याट हटाउँदा खाना पनि सस्तो हुने र कृषि उपजको खपत पनि बढाउने व्यवसायीको भनाई छ । उनीहरुले मौद्रिक नीतिमै रेष्टुरेन्टमा शून्य भ्याटको व्यवस्था गर्न माग गरेका छन् । 

मौद्रिक नीतिमा रेष्टुरेन्ट तथा बार क्षेत्रका मजदुर कर्मचारीका लासग ३ लाखसम्मको सहुलियत ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले कोरोनाका कारण पर्यटन क्षेत्र धरासायी बनेको भन्दै पर्यटन क्षेत्रको पुनःउत्थानका लागि बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत पर्यटनमै हुनुपर्ने गरि लगानीको वातावरण बनाउन पनि व्यवसायीले माग गरेका छन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले जस्तै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत अनिवार्य भ्रमण बिदा कायम गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved