अर्थमन्त्रीलाई भेटेर चेम्वरले भन्यो, ‘जीडीपीको ५ प्रतिशत राहत प्याकेजमा खर्च गरौँ’

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 23, 2021 | 03:32:15 PM मा प्रकाशित

mega bank

नेपाल चेम्वर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेको छ । चेम्वरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको पदाधिकारी र सदस्य सहितको टोलीले अर्थमन्त्री शर्मालाई भेटेर बधाई तथा शुभकामना दिएको छ । 

चेम्वर अध्यक्ष मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु दिँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको गुनासो सुनाए । उनले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना विरुद्दको खोप नीजि क्षेत्रलाई उपलब्ध गराउन माग गरे । 

अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको  व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने माग गरेका छन् । 

बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट खर्चको तालिका बनाउन पनि उनले अर्थमन्त्रीलाई सुझाव दिएका छन् । 

निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिनुपर्ने, घर जग्गा कारोवारलाइ ब्रोकर लाइसेन्सको माध्यमबाट नियमन गरिनु पर्ने, डिजीटल कारोवारलाइ प्राथमिकता दिइनुपर्ने तथा चेक अनादर भएमा चेक जारी गर्ने निकाय तथा व्यक्तिलाइ कालो सूचीमा राख्ने, साना व्यवसायहरुलाइ सहजीकरण गर्न कुल कारोवारको सिलिङ बढाउनु पर्ने सुझाव दिएका छन् । 

चेम्वरका सुझाव ग्रहण गर्दै अर्थ मन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाइ उकास्न औद्योगिकरणको माध्यमबाट मात्र संभव भएको बताउँदै आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए । 

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डे र राजश्व समितिका सभापति पर्शुराम दाहालको पनि  उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved