कानुनमन्त्रीलाई भेटेर चेम्वरले भन्यो, ‘संसदमा विचाराधिन विधेयक चाँडै पास गरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 04:59:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यले कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग भेट गरेका छन् । भेटघाटमा चेम्वरका अध्यक्ष मल्लले मन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिए । 

उक्त अवसरमा चेम्वरले मन्त्री कार्कीलाई केही सुझाव पनि दिएको छ । चेम्वर अध्यक्षका मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए । उनले निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप उपलब्ध गराउन माग गरे । 

उनले संसदमा बिचाराधीन आर्थिक विधेयकहरु शिघ्र पारित गरिनु पर्ने,.खुला बजारको सन्दर्भमा कालो वजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनु पर्ने,. नगद ओसार पोसार सम्वन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाइ यदाकदा समस्या आइपर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनु पर्ने तथा प्रविधिको दुरूपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनुपर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्वन्धी कानूनी व्यवस्था हुनुपर्ने माग गरे । योसँगै लगानीको लागि स्रोतको वैधतालाइ खुकुलो बनाउनु पर्ने लगायत आर्थिक क्षेत्रसंग सम्वन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्वर अफ कमर्सलाइ पनि संलग्न गर्न आग्रह अध्यक्ष मल्लले आग्रह गरे । 

मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको अहम भूमिका रहने बताउँदै चेम्वरबाट प्रस्तुत सुझावलाई गम्भिरतापूर्वक लिएको बताए । 

‘हाम्रो पहिलो प्राथमिकता मुलुकको आर्थिक प्रगति नै हो’ उनले भने, ‘यसका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’ 

उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर कार्यसमिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, दीपककाजी तुलाधर, निरज राई र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved