राज्यमन्त्री श्रेष्ठको पक्षमा गोल्छा, भने ‘नीजि क्षेत्र राज्य चलाउन पनि सक्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 04:22:18 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य राज्यमन्त्रीमा मेडिकल कलेज व्यवसायी उमेश श्रेष्ठ नियुक्त भएपछि यतिबेला प्रधानमन्त्री शेर बहादुर देउवाको चर्को आलोचना भईरहेको छ । मेडिकल कलेज चलाउने व्यक्तिलाई स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै देउवाको आलोचना भईरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने उमेश श्रेष्ठको बचाउमा उभिएका छन् ।

ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले श्रेष्ठलाई राज्यमन्त्री बनाएपछि भएका आलोचनाको उत्तर दिँदै उमेश श्रेष्ठको कहिँकतै नाम उल्लेख नगरी ‘नीजि क्षेत्रको कुशल व्यवस्थापकले राजनीति गर्न तथा मन्त्री हुन किन नपाउने ?’ भन्ने प्रश्न उठाएका छन् । 

‘राजश्व र रोजगारीको मुख्य माध्यम नीजि क्षेत्र हो । तर समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भाग्यपूर्ण छ । नीजि क्षेत्रका कुशल व्यवस्थापक, राज्य संयन्त्र पनि प्रभावकारी रुपमा संचालन गर्न सक्छन् । अनुमानको भरमा पुर्वाग्रह राखेर निजी क्षेत्रको मान मर्दन कहि कतैबाट पनि हुनु हुदैन’ गोल्छाले ट्वीटमार्फत भनेका छन् ।

४ दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय उमेश श्रेष्ठ लिटिल एञ्जल्स, आइडिया मोडल, स्मल हेभन लगायतका विद्यालयका सञ्चालक हुन् । जलविद्युत र कृषि क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा लगानी गरेका उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पतालका ट्रस्टिज अध्यक्ष र जनमैत्री अस्पतालको सञ्चालक पनि छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved