साना तथा मझौला उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव : अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 09:33:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटका अवसरमा उनले ठूला उद्योग भन्दा साना उद्योगको विकास र संवद्र्धनका लागि लाग्ने बताए। हाम्रो अर्थतन्त्रको मूल आधार लघु, घरेलु तथा साना उद्योग नै हुन भन्ने कुराको गम्भिरता बुझेको उनको भनाई थियो।

उनले साना उद्योगको संख्या कति छ, अवस्था के छ र समस्या के छ, बजारको अवस्था के हो, उत्पादनको अवस्था के छ, सबै कुराको अध्ययन गरेर के के गर्न सकिन्छ छलफल गर्ने बताए।


आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको भन्दै उनले भने ' देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।’

साना उद्योगको विकासको लागि सहुलियत कर्जाको व्यवस्था गर्न सकिने भन्दै उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्ने नै सरकारको प्रयास रहेको बताए । मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दीगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताउँदै उनले  आम नागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि मूल तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने ती उद्यमको दीगो सञ्चालन आफ्नो प्राथमिकतामा रहेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र सम्बृद्धिको आधार भनेको उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने रोजगारी मार्फतको औद्योगिकरण भएको बताए ।

साना उद्योगहरुका कार्यथलो वातावरणमैत्री र उत्पादन प्रणालीको दृष्टिले प्रभावकारी हुन नसक्दा यस्ता उद्योगहरु प्रतिष्पर्धी हुन नसकेको भन्दै उनले भने –  अहिलेको तथ्याङ्क अनुसार देशभरमा झण्डै पाँच लाख उद्योग दर्ता भएका र तीमध्ये दुई लाख ५० हजार नियमित नविकरण भई सञ्चालमा रहेको देखिन्छ । त्यसैले यस्ता साना उद्योगहरुलाई बैज्ञानिक ढंगले परिमार्जित गर्दै तिनिहरुको उत्पादकत्व बृद्धि गराउने र उत्पादनको गुणस्तर र परिमाण बृद्धि गरी प्रतिष्पर्धी बनाउदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विना विलम्व काम थाल्नु आजको प्रमुख आवश्यकता हो ।’

अब उद्यमशीलता क्षेत्रको लगानीमा जोड दिई उद्योग प्रवद्र्धन गराउन कृषि, गैह काष्ठजन्य बन पैदावर, जडिबुटी, अल्लो, हेम्प, केतुकी, जुट जस्ता प्राकृतिक रेशा, खनिजजन्य बहुमूल्य पत्थरहरु, पर्यटन, सौर्य, बायु तथा साना जलविद्युत जस्ता नवीकरणीय ऊर्जा र सूचना प्रविधि आदि क्षेत्रमा एकसाथ काम बढाउन बान्छनीय रहेको अध्यक्ष गिरीको भनाई थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved