उद्योग वाणिज्य संघ काठमाडौँले सीडीओलाई भन्यो, ‘चाडवाडमा मदिरा बेच्ने समय थप गरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 03:15:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई भेटी नजिकिँदै गरेका चाडपर्वका समयमा बस्तु बिक्रिमा सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेको छ । 

आज प्रमुख जिल्ला अधिकारी रिजाललाई भेटेर उद्योग वाणिज्य संघ काठमाडौँले चाडपर्वको अवसरमा आपूर्ति सहज गर्ने, बजार अनुगमनलाई व्यवस्थित गर्ने, सामान ढुवानी गर्ने  समयाअवधि थप गर्ने, मदिराजन्य पदार्थको बिक्री वितरणको समयाअवधि थप गर्ने लगायतका विषयमा छलफल गरेको छ ।

छलफलमा  सहायक प्रमुख जिल्ला अधिकारी, माहानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई, नेपाल उद्योग वाणिज्य संघ काडमाडौँका उपाध्यक्ष  हेमराज ढकाल, जय प्रसाद सिवाकोटी, राजेन्द्र शेरचन, महासचिव रमानाथ श्रेष्ठ, सह–कोषाध्यक्ष दुर्गाराज श्रेष्ठ सहभागी थिए ।

शंकरापुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र बहादर श्रेष्ठ पनि सीडीओ सँगको भेटमा उपस्थित भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved