महिला चेम्बरको दशैँ लक्षित मेला बुधबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 04:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले दशैँ लक्षित मेला आयोजना गर्ने भएको छ । 

नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य बस्तुहरु प्रवद्र्धनको लागि दशै, तिहार व्यापार मेला २०२१ को आयोजना गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

असोज १३ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सिटि सेन्टर, कमलपोखरीमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने छन् ।

नेपाली महिला उद्यमीहरुको प्रवद्र्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गरेको उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिईएको छ ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved