सुमार्गीको ‘सय किसान’ अवधारणाः एईसी र आराभा नेपालबीच भयो कृषी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 10:39:18 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) ले अघि सारेको ‘सय किसान’ अवधारणा सफल बनाउन आराभा नेपाल मोर्डन एग्रिकल्चरबीच सम्झौता भएको छ । सम्झौतामा एईसीका सभापतिमा अरुणराज सुमार्गी र आराभा नेपाल मोर्डन एग्रिकल्चरका अध्यक्ष कृष्णप्रसाद बजगाईँले हस्ताक्षर गरेका छन् ।

एईसीका सभापति सुमार्गीले मुलुकको कृषी क्षेत्रका लागि ‘गेमचेन्जर’ अवधारणाका रुपमा ‘सय किसान’ कार्यक्रम घोषणा गरेका थिए । उक्त कार्यक्रमकै अवधारणालाई ‘एक्सन’मा लैजान एईसी र आराभा नेपालबीच सम्झौता भएको हो । मंगलबार भएको उक्त सम्झौता अनुसार एईसी र आराभा नेपाल मिलेर अबर मुलुकभरबाट सय जना किसान छनोट गर्नेछन् ।

देशभरका किसानको अवस्था, उनीहरुको व्यवसायिक स्थिती र व्यवसायिक अवस्थालाई सुधार गर्न गर्नुपर्ने पहल समेटेर आधारपत्र तयार पारिने सभापति सुमार्गीले बताए । उनका अनुसार आधारपत्र तयार भएपछि एक जिल्लाबाट एक किसान नछुट्ने गरी सय जना किसान छनोट गरिनेछ । 

आराभा नेपाल इजरायलबाट फर्किएका नेपालीहरुले सञ्चालन गरेको कम्पनी हो । यसले विगत ५ वर्षदेखि नेपालको कृषी शिक्षा र कृषी पर्यटनका क्षेत्रमा काम गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved