महिला चेम्बरको व्यापार मेला सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 02:06:41 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला चेम्बरको आयोजनामा व्यापार मेला सुरू भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरले दशैँ र तिहार लक्षित व्यापार मेला सुरू गरेको हो । 

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठका अनुसार कोरोनाका कारण सुस्ताएको व्यवसायलाई बढाउन सहयोग गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । मेलामा नेपालमा उत्पादित कृषि, कपडा, मैन बत्ती र अन्य उपभोग्य वस्तुहरू प्रदर्शनीमा राखिएका छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेको मेला कमलपोखरीस्थित सिटिसेन्टरमा १५ दिनसम्म चल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved