नेपाल उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 05:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघ बीच आपसी सहयोग अभिवृद्धि गर्ने समझदारीपत्रमा सम्झौता भएको छ ।  परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार दुवै संस्थाले एकआपसमा सहयोग अभिवृद्धि गर्नेछन् । यसैगरी दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्नेछन् । दुवै संस्था मिलेर आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने समझदारीपत्रमा उल्लेख छ । साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएका छन् । 

समझदारीअनुसार परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गने समेत समझदारीपत्रमा उल्लेख छ । 

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए । यस सझदारीले दुई निकायबीच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरुले लाभ लिन सक्ने अध्यक्ष अग्रवालले उल्लेख गरेका छन् । 

यसैगरी संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने बताउदै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताए। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved