गुप्तालाई पेरिसको युनिभरसिटीले दियो “प्रोफेसनल डक्टरल सर्टिफिकेट”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 05:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित गरेको छ । 

सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा गुप्तालाई युनिभरसिटीले भव्य समारोहकाबीच सम्मान गरेको हो । 

उनले वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा पुर्याएको योगदानका लागि युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले “प्रोफेसनल डक्टरल सर्टिफिकेट” दिने निर्णय गरिएको जनाएको छ । 

गुप्ता नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासंघका केन्द्रीय अध्यक्षसमेत हुन् । उनी महासंघको फाइनान्स एण्ड इन्स्योरेन्स कमिटीका उप–सभापति पनि हुन् ।

नेपालको जिल्ला नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अध्यक्षको हैसियतले यो सम्मान पाउने गुप्ता पहिलो व्यक्ति हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved