नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2021 | 05:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश वंशल र सचिवमा दिपक कुमार फैंजु निर्वाचित भएका छन् । कोषाध्यक्षमा नरेशकुमार गोयल र सहकोषाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

देशभर खाद्यको आवश्यकता, सम्पूर्ण व्यवसायीको एकता भन्ने मूल नाराका साथ २०४७ सालमा स्थापना भएको यो संघले खाद्य एवं किराना तथा थोक व्यवसायीको हक हित तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।

आम उपभोक्तालाई सुपथ मूल्यमा सुलभ ढंगले दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन प्रतिबद्ध रहेको संघका अध्यक्ष श्रेष्ठले बताए । उनले उपभोग्य वस्तुको बिक्री वितरणका लागि राज्यले सहजीकरण गर्नुपर्ने धारणा राखे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved