परिसंघमा कृषि विकास परिषद् गठन, नमूना गाउँपालिका छानेर माटो परीक्षण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 05:51:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष छन् ।

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने जनाएको छ । कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पु¥याउन सहजीकरण गर्ने बताईएको छ । 

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नतस्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषदको रहेको छ । 

परिषदको सदस्यहरूमा पवन कुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली राम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved