राष्ट्र बैंकको परिपत्र स्वागतयोग्य रहेको चेम्बरको ठहर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2021 | 05:50:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको विज्ञप्ति अनुसार निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गर्नु स्वागतयोग्य रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

वित्तिय प्रणालीमा तरलताको अभाव भएपछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा सुरु गरेको र त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले जारी गरेको निर्देशन स्वागतयोग्य रहेको चेम्बरको ठहर छ ।

‘नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने भनि दिएको  निर्देशन स्वागत योग्य रहेको छ’ चेम्बरले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्था अनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम  हुनु पर्ने चेम्बरको धारणा छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved