काठमाडौँका ३ स्थानमा हस्तकला कोसेली मेला आयोजना हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 05:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हस्तकला महासंघले कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ।

महासंघले कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्ण गल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने जनाएको छ ।

मेलाका संयोजक विक्रम सिंह महर्जनका अनुसार मेलामा २५ वटा स्टल र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेला संयोजक महर्जनले स्टलमा पहिलो प्राथमकिता महासंघका सदस्यलाई दिईने छ । महासंघमा सदस्य नरहेकाहरुले स्टलको भाडामा कुनै छुट पाउने छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved