ढकालको नेतृत्वमा दमक चेम्वर अफ कमर्स गठन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 03, 2021 | 04:51:30 PM मा प्रकाशित

laxmi bank

झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनि संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डे लगायत केन्द्रीय पदाधिकारीको उपस्थितीमा राजेन्द्र प्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय  चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो । 

चेम्वर अफ कमर्सको पहिलो साधरणसभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरुमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेँडाई, शम्भु प्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् ।

पहिलो साधरणसभालाई उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर मुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उनको भनाई छ । 

‘अहिले पनि ३० प्रतिशत बाँझो जमिन छ सरकारले बजेटमा पनि जनिम बाँझो नराख्ने भनेर भनिरहेको छ । स्थानीय प्रशासनसंग सहकार्य गरि कृषि उपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्वर स्थानीय व्यवसायीसंग सहकार्य गर्न तयार छ’ उनले भने । 

केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य वैंकहरुमा स्थानान्तरण गर्दिने हो भने पनि तरलता सिर्जना हुने अध्यक्ष मल्लले बताए । एकल अंकमा व्याजदर कायम गर्ने र सिडी रेसियोलाई ९५ प्रतिशत पु¥याउनुपर्ने उनको भनाई छ । 

नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाए । दमक कार्यसमिति गठन भएसंगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या १ सय १० पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved