परिसंघद्वारा स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 06:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले मेक इन नेपाल–स्वदेशी अभियान अघि बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट (swadeshi.com.np) र मोबाइल एप सार्वजनिक गरेका हुन् । 

स्वदेशी अभियानमा आवद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ । यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ ।

स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध भएका छन् । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्ने गरी अभियानको प्रारम्भ गरिएको छ । 

परिसंघले नेपालको व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र देशको दीगो आर्थिक विकासको आधारशीला नै औद्योगिक विकास हो भन्ने मूल सन्देशसहित यो अभियान अघि बढाएको छ । अभियानको कार्यान्वयनसँगै देशमा औद्योगिक विकास र रोजगारी सिर्जनामा गुणात्मक परिवर्तन आउने परिसंघको विश्वास छ । 

स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए । उनले स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगीकरणमा पनि टेवा दिने उल्लेख गरे । अध्यक्ष अग्रवालले नेपालको औद्योगीकरणका लागि आवश्यक नीतिगत मध्येस्थताका विषयमा नेपाल सरकारलाई अध्ययनसहितको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी पनि दिएका छन् ।

यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको उल्लेख गरे । 

उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै नियार्त वृद्धि गर्ने लक्ष्य अभियानले राखेको बताए । स्वदेशी वर्किङ कमिटीका संयोजक हितेश गोल्छाले बेवसाइट र एप्लिकेसनबाट सम्पूर्ण जानकारी पाइने भन्दै सम्पूर्ण स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई यस अभियानमा आवद्ध हुन आग्रह गरे ।

नेपालको औद्योगीकरणको उद्देश्य राखेर सुरु गरिएको अभियान २०७७ फागुन २७ गते तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । यस अभियान कार्यान्वयनका लागि नेपाल सरकार र नेपाल उद्योग परिसंघबीच २०७८ असार १० गते समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

स्वदेशी अभियानका ७ वटा स्तम्भ रहेका छ । जसमा उत्पादनसँग सम्बन्धित ४ वटा र उपभोगसँग सम्बन्धित ३ वटा लक्ष्य रहेका छन् । नेपाली उद्योगका लागि व्यवसायमैत्री वातावरण,  आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण, नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरिदमा स्वदेशीलाई प्राथमिकता र स्वदेशी वस्तुको निर्यात यस अभियानका स्तम्भहरू हुन् । 

स्वदेशी अभियान कार्यान्वयन गर्दै नेपालको कूल गार्हस्थ्य उत्पादनमा संरचनागत परिवर्तनका लागि ३४ वटा नीतिगत मध्येस्थता तय भएका छन् । त्यसमा श्रृंखलाबद्ध छलफल गर्दै नेपालमा उद्योगमैत्री वातावरण तयार गर्ने परिसंघको उद्देश्य रहेको छ ।

वार्षिक १ हजार उद्योग दर्ता, सन् २०२५ सम्ममा कूल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पु¥याउने, वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी ५ वर्षमा निर्यात ४.६ अर्ब डलर बराबरको पु¥याउने लक्ष्य अभियानका रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved