बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघको स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 03:53:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुुगत संघका नव निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा स्वागत गरेको छ । 

कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुुरियर सेवा संघ, फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेशीनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीवूटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले खादा लगाई नवनिर्वाचित पदाधिकारीहरूको स्वागत सहित बधाई दिए । अध्यक्ष गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुुपर्ने बेला आएको बताउंदै सदस्य वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ क्रियाशिल हुुन आग्रह गरे । उनले नेट २०३० ले लिएका लक्ष्यहरू पुरा गर्न महासंघले आफना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाईले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै बस्तुुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या संवोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

समापन मन्तव्यका क्रममा महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास दिलाए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved