चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवमा हुलाक टिकट प्रकाशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 05:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित ५ रुपैयाँदरको  हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रथम दिवशीय टांचा प्रदान गरेका छन् । 

चेम्वर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्ष देखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयप्रति आभार व्यक्त गरे ।

अध्यक्ष मल्लले २००७ सालमा स्थापना भएको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउँदै उनले निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको बताए । 

संचार सचिव डा.वैकुण्ठ अर्यालले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वर अफ कमर्सले निर्वाह गरेको भूमिकालाई कदर गर्दै चेम्वरको ७० औ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए । आज प्रकाशित हुलाक टिकटले नेपाल चेम्वर अफ कमर्सको पहिचानसहित चेम्वर अभियानलाई बिश्वव्यापी बनाउन मद्धत पुग्ने उनको विश्वास छ ।

संचारमन्त्री कार्कीले प्रजातन्त्र वहाली पश्चात ७ दशक अघि नै मुलुकमा सुशासन मार्फत राज्यले आर्थिक समृद्धिको लक्ष लिएको र सो उद्धेश्य हासिल गर्ने लक्ष्य सबैको भएका बताए । 

अवसरमा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे, चेम्वरका पूर्व अध्यक्ष द्धय महेश अग्रवाल तथा सुरेन्द्रवीर मालाकारको पनि उपस्थित रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved