आयात घटाउन तथा रेमिटेन्स बढाउँनको लागि पवन गोल्यानले अर्थमन्त्रीलाई दिए ९ बुँदे सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 11:21:24 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्था परिषद नेपाल सीबीफिनका अध्यक्ष पवन गोल्यानले आयात घटाउन तथा रेमिटेन्स बढाउँनको लागि अर्थमन्त्रीलाई १० बुँदे सुझाव दिएका छन् । सीबीफिनको साधारणसभाको क्रममा उनले अर्थमन्त्री जनार्दन शर्मालाई १० बुँदे सुझाव दिएका हुन् ।

यता छन् उनको सुझाव :

१. म्यानपावर र विदेशी कम्पनीसँग मिलेर सबै रेमिटेन्स बैंकिंग प्रणाली मार्फत आउने ब्यबस्था गर्नु पर्छ । २० खर्ब रेमिटेन्स आउनु पर्नेमा हाल १० खर्ब न्मात्र आईरहेको छ । 

२. संचित गर्ने बानिको विकास गर्नलाई १ प्रतिशत ब्याज बढाउने उपाय पर्याप्त छैन, त्यसलाई २ प्रतिशत पुर्याउनु पर्छ र यसमा नेपाल राष्ट्र बैंक र नेपाल सरकारले थप अनुदान दिनु पर्छ । 

३. आईपिओ र एफपिओमा विदेशमा रहेका नेपाली श्रमिकलाई १० प्रतिशत आरक्षण दिनु पर्ने । 

४. आयातमा थप कडाइ गर्नु पर्छ , अहिले नगद मार्जिन लागु गरिएका १८ वस्तुलाई बढाउनु पर्छ । 

५.  भन्सार शुल्क १५ प्रतिशत बनाउनु पर्छ , भन्सार शुल्क ३० देखि ३५ प्रतिशत गरेकोले नै नेपालमा सिमेन्ट उद्योग फस्टाएको हो । 

६. भन्सारमा १५ प्रतिशत कोभिड कर लगाउनु पर्छ ।

७. बिजुली ४ रुपैयाँमा बिक्रि गर्नु भन्दा नेपाल मै बिक्रि गरेर बिक्रि लागत घटाउनु पर्छ , बिजुलीको दर २० प्रतिशत घटाउनु पर्छ । 

८.  आयातित वस्तु तथा सेवामा फ्लोर प्राइजको आधारमा राजश्व उठाउनु पर्छ ।

९. अन्य कर्पोरेट क्षेत्रमा २५ प्रतिशत आयकर लगाईएको छ, तर बैंकहरुलाई ३० प्रतिशत लगाईएको छ, बैंकहरुको करको दरलाई २० प्रतिशत बनाउनु पर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved