बतास जस्तो लेजेण्ड व्यवसायीमाथिको आक्रमण चिन्ताजनक : शेखर गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 10:33:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बतास समूहलाई राज्य र सञ्चारमाध्यमहरुले मानमर्दन गरेको विषय चिन्ताजनक भएको बताएका छन् । मंगलबार इकोनोमिक मिडिया सोसाइटीका पदाधिकारीहरुको भेटमा उनले यस्तो बताएका हुन् । 

उनले भने, 'यसमा म लज्जित भएको छु, मेहेनत गरेर तल्लो स्तरबाट उठ्दै गरेको एक जना उद्यमीलाई यो हदसम्म मूलधारका सञ्चारमाध्यम र राज्यले लखेटेको देख्दा यो देशमा व्यापार गर्नु नै अपराध हो जस्तो गरेर चित्रित गरेका छन् । यो देखेर मेरो अनुहार रातो भएको र लाज लागेको छ ।' 

नेपालमा सानो स्तरमा मात्रै व्यापार व्यवसाय गर्नेलाई ठिक रहेको तर, अलि ठूलो स्तरमा व्यापार गर्छु र देशको आर्थिक गतिविधिमा सहयोग गर्छु भन्नेहरुलाई नेपालका सबै क्षेत्रले लखेट्ने प्रवृति डरलाग्दो हुदै गएको उनले बताए। 

 उनले भने, 'सरकारी निकायले प्रकाशन गरेका टेण्डर भर्दा मैले पनि मेरा तीन चारवटासम्म कम्पनीले आवेदन दिनसक्छ यो हेर्ने निकायले हेर्न पर्यो मैले हालेका सबै कम्पनी त्यो टेण्डर पाउन योग्य भनेर हालेको हुन्छु ।  सरकारी पक्षले जारी गरेका बोलपत्र भर्दा नियम पुर्याएरको छ कि छैन भनेर हेर्ने निकायले नहेर्ने अनि बोलपत्र निष्कासन गर्ने निकायले गरेको गल्तिको सजाय बोलपत्र भर्नेले किन खेप्न पर्ने । ?' 

बतास समूहलाई मिलेमतोमा टेण्डर पाएको प्रमाणित नहुँदै मेलेमतो सेटिंग भनेर जसरी आरोप लगाएको छ यो निजी क्षेत्रलाई निरुत्साहित गर्ने व्यवहार भएको समेत उनले बताए ।  उनले भने, 'कुनै पनि उद्यमीलाई सेटिंगमा काम गर्यो भनेर भन्नलाई सेटिंग गरेको प्रमाण पेश गर्न पर्यो नत्र सेटिंगमा काम गर्यो भनेर कसैको मनमर्दन गर्न पाइदैन ।'

उक्त भेटमा इकोनोमिक मिडिया सोसाइटीले सञ्चार क्षेत्रमा महामारीले पारेको असर र तथा सञ्चार क्षेत्रको विकासमा निजी क्षेत्रसँगको सहकार्यका लागि पेश गरेको सुझाव पत्र समेत पेश गरेको थियो । उक्त सुझाव पत्रका बारेमा बोल्दै अध्यक्ष गोल्छाले भने, 'सञ्चार क्षेत्रका व्यक्ति तथा ग्रुपले सञ्चार क्षेत्रलाई असर पर्यो भनेर कसैले पनि भन्न वा छलफलमा आएका छैनन ।'

 सञ्चार क्षेत्रले समाज र राज्यलाई खबरदारी गर्नलाई सञ्चार क्षेत्र पहिला आफै जिम्मेवार र विस्वसनिय हुनपर्नेमा जोड दिएका थिए । उनले भने, 'सञ्चार क्षेत्रमा नियामक निकाय आवश्यक छ । नेपालमा जुन क्षेत्रका भरपर्दो नियामक निकाय छ त्यसको विस्वसनियता पनि बढेर गएको छ ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved