पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 10:17:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् । चितवनको सौराहामा बिहीबार सम्पन्न महासंघको छैठौँ अधिवेशनबाट चौधरी निर्वाचित भएका हुन् । 

अध्यक्षमा विजयी भएका चौधरीले २६९ मत प्राप्त गरे । अर्का उम्मेदवार नवराज ढकालले १७१ मत पाउँदा मातृका शिवाकोटीले ३५ मत मात्रै प्राप्त गरे ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे, उपाध्यक्षमा किरणकुमार खनाल, पुष्पराज पौडेल र सञ्जीव सत्याल निर्वाचित भएका छन् ।

महासचिवमा शिवसागर शर्मा निर्विरोध हुँदा उपमहासचिवमा यमलाल लोहनी निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा विष्णुप्रसाद पौडेल, बुद्धिप्रसाद अधिकारी  र शकुन्तलादेवी शर्मा निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा गोविन्द महर्जन, सहकोषाध्यक्षमा किरणबाबु न्यौपाने, लेखा समिति संयोजकमा वाशुप्रसाद भेटुवाल, लेखासमिति सदस्यमा बुद्धिसागर कँडेल र वाशु न्यौपाने निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved