महासंघले भन्यो, ‘बतासमाथि एकतर्फी प्रहार भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 01:55:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढि हिस्सा राख्ने निजी क्ष्ँेत्रमाथि एकतर्फीरुपमा चरित्र हत्या र मानमर्दन भइरहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ । 

पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याप्mटेरिया संचालनको विषयमा बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भइरहेकोप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ । 

‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको हो’ महासंघले भनेको छ, ‘सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।’

प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने भन्दै महासंघले तर त्यसको सत्यतथ्य खोजी हुनुुपर्ने अडान राखेको छ । संचारमाध्यममा आएका समाचारकै भरमा स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु न्यायसंगत नभएको महासंघको दाबी छ ।

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पार्ने महासंघको ठहर छ । 

‘महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर हो । तर विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ’ महासंघले भनेको छ, ‘अतः व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved