परिसंघद्वारा अफगानिस्तानलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 04:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

सहयोग सामग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए । 

मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौती पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने बताए । 

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालको कुटनीतिक क्षेत्रमा यो महत्वपूर्ण काम भएको उल्ललेख गरे । उनले सरकारको आह्वानमा निजी क्षेत्रले मानवीय सहायतामा सधैं काम गरिरहेको पनि बताए । 

अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधी हस्तान्तरण गरेको छ । परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइनेछ । हिमालयन एयरलाइन्सको उडानमार्फत सहयोग सामग्री काबुल पु¥याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेश अग्रवाल र नेपालका लागि सेसल्सका अवैतनिक दूत एवं परिसंघ प्रदेश नं २ का संयोजक नरेश दासको उपस्थिति थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved