अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 04:35:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिदै गएको अफगानिस्तानका नागरिकका लागि बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत अफगानस्तानको काबुल पठाएको हो । 

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री डा. नारायण खडकालाई सामान हस्तान्तरण गरेका थिए । मन्त्रालयको आग्रहमा महासंघले करिब ८ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुडा लगायत वन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो । 

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुदा जीवनयापन केहि सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो । 

नेपालबाट सहयोग सामाग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल गईसकेको छ र  

मुुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved