उद्योग वाणिज्य संघ काठमाडौँले भन्यो, ‘बतासलाई क्षतिपूर्ति दिईयोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 01:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादमा व्यवसायी आनन्द राज बतासमाथि एकतर्फी प्रहार भएको ठहर गरेको छ । 

संघले आज एक विज्ञप्ति जारी गरी बतास तथा बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धि विवादमा एकतर्फी प्रहार गर्दै शंकाको भरमा विभिन्न समाचार माध्यमहरुमार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको भन्दै यसले निजी क्षेत्र आतंकित बनेको बताएको छ। 

सरकारले टेण्डर आह्वान गरी विधिपुर्वक बतास अर्गनाईजेसनलाई सम्झौता गरी क्याफेटेरिया संचालन गर्न अनुमति दिएकोमा कानुनी रुपमा अनुमति प्राप्त गरिसके पछि मात्र आवश्यक निर्माण गर्दै गरेको अवस्थामा तथ्यहिन समाचारहरुको आधारमा व्यवसायीलाई राज्यले एक तर्फी दोष देखाएर स्पष्टिकरणको मौका नै नदिई निर्माणाधीन संरचना भत्काउनुले स्वतन्त्र व्यवसाय र लगानीको वातावरण माथि अंकुश लगाएको महसुस भएको संघले जनाएको छ । 

‘स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरित भएको गतिविधि माथि राज्यले यथाशीघ्र छानविन गरि सत्य तथ्य पत्ता लगाई दोषी माथि कारवाही र पिडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गरिदिनका लागी यस संघले सम्बन्धित निकायहरुलाई संवेदनशील हुन अनुरोध गर्दै यथाशीघ्र यो प्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराउन चाहन्छौ’ संघले भनेको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा विज्ञप्तिमा एकतर्फी रुपमा विना अपराध व्यवसायीमाथि गरिने निर्मम प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तराष्ट्रिय जगतमा संप्रेषण हने भन्दै चिन्ता पनि व्यक्त गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved