
नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) ले ८औँ महिला युवा उद्यमी सम्मेलन गरेको छ । सन् २०१३ देखि सुरु भएको यो सम्मेलनको आठौँ संस्करण वैशाख १० गते हायात प्लेश काठमाडौंमा आयोजना गरिएको हो ।
उक्त कार्यक्रमको उद्घाटन उर्जामन्त्री पम्फा भुसालले गरिन् ।
सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना ब्यवसायीे शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न यूवा महिला तथा पुरुष उद्यमीहरुको, साथै उद्धमी बन्न चाहने बिधार्थीहरुको पनि सहभागिता रहेको थियोे । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यव्रmमको नारा “Beyond Barriersˮ राखिएको थियोे ।
अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यव्रmमको प्रायोजन गरी कार्यक्रम सफल बनाइएको थियो । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघका अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विदुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गरेका थिए ।
महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेत को सहभागी रहेको थियो ।